
रौतहटमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक हप्तामै तीनजना किसानको ज्यान गयाे
रौतहट – रौतहटमा खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर एक हप्तामै तीन जना किसानको ज्यान गएको छ ।
हिजो बिहान माधवनारायण–४ बिसनपुर्वा मानपुर बस्ने ४० वर्षीय रामबाबु मुखियाको खेतमा करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
त्यसैगरी कटहरीया–२ जमुनिया टोलका ५२ वर्षीय मोक्तार देवानको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ज्यान गएको छ । यसअघि गएको असार ३१ गते मौलापुर–८ सोनरनियाका १४ वर्षीय गोलु भन्ने नरेन्द्र पटेलको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर ज्यान गएको थियाे ।
यस वर्ष तराईमा खडेरी परेका कारण किसानहरूले मोटरबाट पानी तानेर रोपाइँ गर्नुपर्ने बाध्यता भएको हो ।



कागजपत्र |
