
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अख्तियारमा
काठमाडाैं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ घुस डिल प्रकरणमा भ्वाइस टेस्टका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित भएकी छन्।
अख्तियार स्रोतका अनुसार उनी बुधबार टंगालस्थित आयोगको केन्द्रीय कार्यालयमा पुगेकी हुन्। आयोगका अधिकारीहरूले श्रेष्ठसँग सोधपुछ गर्ने तयारी समेत गरेका छन्।
यसअघि सोही प्रकरणमा संलग्न भनिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई पनि आयोगले भ्वाइस टेस्टका लागि बोलाएको थियो। गुप्ताको भ्वाइस परीक्षण मंगलबार सम्पन्न भएको हो।
त्यस्तै, घुस प्रकरणमा मुख्य संलग्न भनिएका सुजन लामाबाट आयोगले यसअघि नै बयान लिइसकेको छ।
आयोग स्रोतका अनुसार लामा, गुप्ता र श्रेष्ठको संलग्नताका केही अडियो प्रमाणहरू फेला परेपछि थप अनुसन्धान अघि बढाइएको हो।



कागजपत्र |
