गायक राजेशपायल राई र पूर्वपत्नीबीच प्रहरीमा मिलापत्र


काठमाडौं- गायक राजेशपायल राई र उनकी पूर्वपत्नी साङबुङ राईबीच प्रहरीको पहलमा मिलापत्र भएको छ। पछिल्लो समय व्यक्तिगत विवाद चुलिएपछि तीनकुनेस्थित बानेश्वर प्रहरी वृत्तमा दुवैलाई राखेर छलफल गराइएको हो। छलफलपछि दुवैले एक–अर्काको जीवनमा हस्तक्षेप नगर्ने र विवाद नगर्ने सहमति गरेका छन्।

प्रहरी वृत्त बानेश्वरका अनुसार साङबुङले राजेशपायलविरुद्ध लिखित उजुरी दिंदै जीउज्यानको सुरक्षाको माग गरेकी थिइन्।

प्रहरीले उजुरीपछि राजेशपायललाई बोलाएर दुवै पक्षबीच संवाद गराएको थियो। डीएसपी हरि खतिवडाका अनुसार उजुरीमा उल्लेख भएजस्तो मुद्दा दर्ता नभएको भए पनि संवादमार्फत सहमति गराइएको हो।

साङबुङ र राजेशपायलबीच केही दिनअघि अनामनगरस्थित गायक राईको निवासमा भेट हुँदा झगडा भएको थियो। साङबुङले त्यहाँ छोरालाई लिन जाँदा दुर्व्यवहार भएको आरोप लगाएकी थिइन्।

यद्यपि राजेशपायलले साङबुङका सबै आरोप अस्वीकार गर्दै आफैँ पीडित भएको दाबी गरेका छन्।

 

प्रतिक्रिया