
मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ
विराटनगर – मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो ।
हतियार लुकाएको आरोपमा जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई प्रहरीले पक्राउ गरेको छ । अर्का आरोपी जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन् ।
भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
‘मेड इन जापान’ लेखिएको १ थान पेस्तोलसँगै एउटा खुकुरी र मोबाइल पनि बरामद भएको उनले बताइन् ।
पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।



कागजपत्र |
