
काठमाडौं महानगरले आइतबार बजेट ल्याउने
काठमाडौं- काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट असार २९ गते आइतबार सार्वजनिक गर्ने भएको छ।
शुक्रबार बसेको ४०औं नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले आइतबार दिउँसो २ बजे नगरसभा बस्ने जानकारी दिएका हुन्। सोही दिन बिहान ९ बजे कार्यपालिकाको बैठक पनि बस्ने कार्यक्रम तय भएको छ।
महानगरले चालु आर्थिक वर्षको तुलनामा पूर्वाधार विकासमा बजेट वृद्धि गर्ने तयारी गरेको छ। शुक्रबार बसेको राजस्व परामर्श समितिको बैठकले करिब २५ अर्बको बजेट सीमा निर्धारण गरेको छ।
बैठकमा मेयर शाहले जनचाहनाअनुसार पूर्वाधार विकासमा प्राथमिकता दिने गरी बजेट व्यवस्था गर्न निर्देशन दिएका छन्।
राजस्व परामर्श समितिका अनुसार, विकास निर्माणका कामलाई तीव्रता दिन आगामी बजेटमा पूर्वाधारतर्फको विनियोजन बढाइने निर्णय गरिएको हो।



कागजपत्र |
