सीता दाहालको स्मृति दिवसमा प्रचण्डले गरे मानव सेवा आश्रममा आश्रितहरुसँग भोजन


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनकी अभिभावक सीता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा मानव सेवा आश्रम, रानीवन पुगि आश्रितहरुसँग भोजन गरेका छन् ।

प्रचण्डले सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा शुक्रबार आश्रममा आश्रित महानुभावहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराएका थिए भने उनले पनि उनीहरुसँगै बसेर खाना खाएका थिए ।

उक्त अवसरमा प्रचण्डले आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए । साथै, मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पु(याउने बताए ।

मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन् भन्ने धारणा उनले व्यक्त गरे ।

प्रतिक्रिया