
खालिस्तानी आतंककारी हरजीत लड्डीद्वारा कपिलको क्याफेमाथि हमला !
काठमाडौं- चर्चित कमेडियन कपिल शर्माका फ्यानका लागि नराम्रै खबर आएको छ। करिब दुई वर्षको कडा मेहनतपछि कपिलले आफ्नी श्रीमती गिन्नी चतरथसँग मिलेर क्यानडामा नयाँ व्यवसाय सुरु गरेका थिए। दम्पतीले “क्याप्स क्याफे” नामक क्याफे सञ्चालनमा ल्याएका थिए। कफी र खानाको स्वाद लिन आएका भीडले उनीहरूलाई निकै खुसी बनाएको थियो।
तर, क्याफे सञ्चालनमा आएको केही दिनमै त्यहाँ गोलीबारी भएको खबर बाहिरिएको छ। क्यानडामा रहेको उक्त क्याफे भवनमा केही अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन्। उनीहरू कारमा आएका थिए र केही राउन्ड गोली चलाएका थिए। घटनामा कोही पनि घाइते नभएको जनाइएको छ।
यस आक्रमणको जिम्मेवारी खालिस्तानी आतंककारी हरजीत सिंह लड्डीले लिएका छन्। भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीका मोस्ट वान्टेडमा परेका लड्डी बब्बर खालसा इन्टरनेशनलसँग सम्बन्धित आतंककारी हुन्। स्रोतका अनुसार, कपिल शर्माको पुरानो अभिव्यक्तिका कारण उनले आक्रमण गराएको दाबी गरेका छन्।



कागजपत्र |
