कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ स्थित बन्साह नजिकै बसको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको छ। बेलौरीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुप प्र० ०२००१ ख ९२९ नम्बरको बसले ठक्कर दिँदा ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ। भट्ट शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी बासिन्दा हुन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार, गम्भीर घाइते भएकी भट्टको उपचारको क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो। उनकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

बस चालक शुक्लाफाँटा नगरपालिका–१० झलारीका ३८ वर्षीय जगत चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया