
इयरफोन लगाएर हिँड्दा रेलले किच्यो, जनकपुरमा एकको मृत्यु
जनकपुरधाम — जनकपुरधाम–जयनगर रेलमार्गमा सोमबार बिहान एक व्यक्ति रेलको ठक्करबाट ज्यान गुमाएका छन्। देउरी परवाहा स्टेशन नजिक बिहान ९:४० बजे रेलले किच्दा घटनास्थलमै उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन। घटना हुँदा उनी कानमा इयरफोन लगाएर रेलको लिकमा हिँडिरहेका थिए।
रेल चालकले पटक–पटक हर्न बजाएको भए पनि उनले नसुनेको भन्दै प्रहरीले रेल्वे कर्मचारीको उद्धृत गर्दै जानकारी दिएको छ।
हाल घटनास्थलमा प्रहरी टोली पुगेको छ र आवश्यक अनुसन्धान भइरहेको छ।



कागजपत्र |
