
गणतन्त्र ल्याउने गिरिजाबाबु नै हुन् : सभापति देउवा
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा गणतन्त्र आउने सम्भावना नै रहेको दाबी गरेका छन् ।
जय नेपाल फाउन्डेसनले शनिबार राष्ट्रियसभा गृहमा आयोजना गरेको कार्यक्रममा उनले गणतन्त्रबारे सोच्नसमेत नसकिने समयमा पूर्वप्रधानमन्त्री कोइरालाले राजतन्त्र ढाल्ने हिम्मत गरेको दाबी गरेका हुन् ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पद र गिरिजाबाबुले पार्टीबाटै निष्काशन गरेपछि आफूले उनीहरूमाथि गरेको टिप्पणी पनि देउवाले खुलाए ।
‘अनि मैले के भनेको थिएँ भने, राजाले मलाई खोस्यो । त्यतिबेला मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ । एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर क्या,’ देउवाले भने, ‘ त्यस्तो हाम्रो सम्बन्ध हो । तर, पछि राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो । मैले मान्दै मान्दिनँ भनेँ ।’
‘पछि म छुटिहालेँ । गिरिजाबाबुले मिल्नुपर्छ भन्नुभयो । अनि गिरिजाबाबुसँग मेरो सम्बन्ध भयो,’ देउवाले भने, ‘‘सच्चा मानेमा भन्ने हो भने गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालामा जान्छ । उहाँले गणतन्त्र ल्याउनुभएको हो ।



कागजपत्र |
