भिरबाट ढुंगा खस्दा सुतेकै ठाउँमा दिदी-बहिनीको मृत्यु


सुर्खेत – जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी-बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ।

मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए।

बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले बताए।

प्रहरीसमेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया