रास्वपा र राप्रपाले आज पनि गरे सदन अवरोध


काठमाडौं- आज पनि संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले अवरोध गरेका छ्न् ।

प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै दुवै पार्टीका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

सभामुखले समय दिएपछि रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे ।

यही माग राखेर प्रतिपक्षी दलले गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएका छन् ।

आज सदनमा प्रधानमन्त्ती केपी ओलीले बोल्ने तयारी छ। तर उनीहरुले आफूहरु आन्दोलन नछाड्ने अडान बैठकमा सुनाएका छन्।

प्रतिक्रिया