कांग्रेसले थप्यो पार्टी कार्यालयका लागि १९ आना जग्गा


काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी कार्यालयका लागि थप १९ आना जग्गा खरिद गर्ने निर्णय गरेको छ ।

सानेपास्थित पार्टी कार्यालयको अगाडिपट्टीको १९ आना तीन पैसा जग्गा खरिद गर्ने निर्णय गर्दै ५० लाख बैना समेत दिइसकेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार जग्गा धनी अमिरमान अमात्यको नाममा रहेको उक्त जग्गा र सो जग्गामा बनेको घर पार्टी कार्यालयले खरिद गर्नका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा सम्झौता भएको थियो । उक्त जग्गा १३ करोडमा एक वर्षभित्र पास गर्ने गरी खरिद गर्ने निर्णय भएको हो ।

May be an image of text

प्रतिक्रिया