ललितपुरमा ईभी प्रयोगकर्तालाई सम्पत्ति करमा ५ प्रतिशत छुट


काठमाडौं- ललितपुर महानगरपालिकाले विद्युतीय सवारी (ईभी) प्रयोगकर्तालाई प्रोत्साहन गर्न सम्पत्ति करमा छुट दिने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गरेको छ।

महानगरकी उपप्रमुख मञ्जली शाक्यले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत विद्युतीय सवारी प्रयोगकर्ताका लागि कर छुटको घोषणा गरिएको हो।

बजेटमा उल्लेख अनुसार, “विद्युतीय सवारी साधन प्रयोग गर्ने ललितपुरवासीले सम्पत्ति करमा छुट माग गरेमा ५ प्रतिशतसम्म छुट दिइनेछ।”

यो निर्णयले वातावरणमैत्री सवारीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया