
नेपालका दूतावास कुखुराको खोरभन्दा साना छन् : आरजु राणा
काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विदेशस्थित नेपाली दूतावासहरू अत्यन्तै दयनीय अवस्थामा रहेको टिप्पणी गरेकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री राणाले जापानको नेपाली दूतावासको अवस्था देखेर आफू ‘डिप्रेस्ड’ भएको बताउँदै, “हाम्रा दूतावास त वडा कार्यालयजत्तिकै पनि छैनन्,” भनिन्।
उनले जापानस्थित नेपाली दूतावासको उदाहरण दिँदै भने, “कुखुराको खोरभन्दा सानो दूतावास, बस्ने ठाउँसमेत छैन। धेरैजसो वडा कार्यालय पनि आजकाल अत्याधुनिक छन्, तर दूतावासहरू त त्यत्तिका पनि छैनन्।”
उनका अनुसार दिल्ली र बेइजिङस्थित दूतावासको मर्मतका लागि हालै बजेट विनियोजन गरिएको छ। “कम्तीमा जापानको दूतावास अलिक राम्रो हुनु पर्ने हो,” उनले भनिन्।



कागजपत्र |
