
सलमान खानको मस्तिष्कमा एनेयुरिज्म
काठमाडाैं- बलिउड अभिनेता सलमान खानले आफ्नो मस्तिष्कमा एनेयुरिज्म र एभी मालपर्फर्मेन्स रहेको खुलासा गरेका छन्। कपिल शर्मा शोको तेस्रो सिजनको पहिलो एपिसोडमा सलमानले आफैंले यो कुरा सार्वजनिक गरेका हुन्।
एनेयुरिज्म भनेको मस्तिष्कका रक्तनलीहरू फुल्ने अवस्था हो, जुन फट्दा जानलेवा स्ट्रोक पनि हुन सक्छ। सलमानले भने, “म अहिले पनि गम्भीर स्वास्थ्य अवस्थासँग जुझ्दै काम गरिरहेको छु। हड्डीहरू टुक्रिएका छन्, छातीको हाडहरू चुँडिएका छन्, तर म अझै काम गरिरहेको छु।”
ट्राइजेमिनल न्युरेल्जियाको पीडा
सन् २०१७ मा दुबईमा ‘ट्युबलाइट’ फिल्मको प्रमोशनका क्रममा सलमानले पहिलो पटक आफ्नो ट्राइजेमिनल न्युरेल्जिया रोगबारे जानकारी दिएका थिए। यो एक स्नायुगत रोग हो जसले अनुहारको स्नायुमा असह्य पीडा उत्पन्न गराउँछ। बोल्न, खान वा ब्रश गर्न जस्ता सामान्य गतिविधिहरू समेत कठिन हुन्छ।
२०२३ मा ‘टाइगर ३’ फिल्मको छायांकनका क्रममा सलमानको काँधमा चोट लागेको थियो। उनले शोमा आफ्ना चोट, पुराना संघर्षहरू र कामप्रतिको लगावबारे खुलेर कुरा गरे।



कागजपत्र |
