सुरेन्द्र र घनश्याम पनि ६ महिनाको लागि निलम्बित
काठमाडौं – नेकपा एमालेले सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि निलम्बन गरेको छ। ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको एमालेले जनाएको छ।
यसअघि पार्टीका बरिष्ठ नेता समेत रहेका माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको थियो।