


कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडाैं- नेपाली कांग्रेसले नौ महिनापछि केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत केन्द्रीय समितिको बैठक १५ असारमा बोलाइएको जानकारी दिएका छन् ।
१५ असार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी हुनेछन् । कांग्रेसले नाै महिनादेखि केन्द्रीय समिति बैठक राखेको थिएन ।
१ पुस २०८१ मा आकस्मिक केन्द्रीय समिति बैठक बस्दै नेता पीएल सिंहको निधनमा शोक प्रस्ताव पारित गरेर सकिएको थियो । २ वैशाख २०८२ मा सूचना निकालेर १७ वैशाखको लागि सारिएको थियो । तर १० वैशाखमा सूचना निकालेर बैठक अनिश्चित समयसम्मको लागि स्थगित गरिएको थियो ।

