


प्रतिनिधिसभामा आजदेखि बजेटमाथिको छलफल हुने

काठमाडौं – प्रतिनिधिसभामा आजदेखि आगामी वर्षको बजेटमाथिको छलफल सुरु हुने भएको छ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने छन्।
आजको बैठकमा संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
सवा १ बजे सुरु हुने राष्ट्रियसभाको बैठकमा भने बजेटमाथिको छलफल गर्ने कार्यसूची राखिएको छैन।
यता प्रतिपक्षी दलहरु भने संसद अवरुद्ध पार्ने रणनीतिमा छन्।

