
जानकीदेवी एमालेकी समानुपातिक सांसद भइन्
काठमाडौं– सिरहाकी जानकीदेवी राम नेकपा एमालेकी समानुपातिक सांसद भएकी छन्। बुधबार निर्वाचन आयोगले एमालेको सिफारिसलाई अनुमोदन गर्दै सांसद बनाउने निर्णय गरेको हो।
२८ असोजमा सानु सिवाको निधन भएपछि उनको ठाउँ रिक्त थियो। एमालेले सिफारिस गरेकी जानकीदेवीलाई निर्णय गरेको आयोगले संसद सचिवालयलाई जानकारी गराउनेछ।



कागजपत्र |
