श्रेष्ठको अध्यक्षतामा खाँडादेवी माविका पूर्वविद्यार्थी मञ्च गठन


काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–२ स्थित खाँडादेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको भेला सम्पन्न भएको छ ।

राजधानीमा सम्पन्न भेलाले खाँडादेवी मावि पूर्व विद्यार्थी मञ्च गठन गर्नुका साथै खाँडादेवी मावि विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोष समेत स्थापना गरेको छ ।

१५ सदस्यीय पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा सरोज कुमार श्रेष्ठ (२०३३), उपाध्यक्षमा गीतादेवी न्यौपाने (२०३३), सचिवमा भरत कुमार श्रेष्ठ (२०३७) र कोषाध्यक्षमा मिना श्रेष्ठ (२०४५) चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा कुमार भण्डारी, मनोज प्रधान, रामशाली तामाङ, चन्द्रबहादुर नेपाली, मनिका प्रधान, कमला प्रधान, प्रबिना घिसिङ, तुलसी भण्डारी, सम्झना लामा र सपना लामा चयन भएका छन् ।

आजैको भेलाबाट गठन भएको छात्रवृत्ति अक्षयकोष समितिको अध्यक्षमा श्रीराम तिमल्सिना चयन भएका छन् भने उपाध्यक्षद्वयमा बिना श्रेष्ठ र राजीब लामा चयन भएका छन् ।

त्यसैगरी सदस्य सचिवमा खाँडा देवी माविका प्रधानाध्यापक नबराज पौडेल र कोषाध्यक्ष कान्ति लामा चयन भएका छन् ।

त्यस्तै सदस्यहरु गौतम प्रधान, शिव प्रधान, देवीमाया श्रेष्ठ र संजय थापा मगर चयन भएका छन् ।

छात्रवृत्ति अक्षयकोष समितिको सल्लाहकारहरुमा , छत्रबहादुर प्रधान, प्रल्हाद भण्डारी, ज्योतिष प्रसाद भूर्तेल, एक्का लामा, सुवास भण्डारी, राम श्रेष्ठ, गितादेवी न्यौपाने, नारायण भण्डारी, कृष्ण गोपाल श्रेष्ठ, कपिल प्रधान, असिम प्रधान, यादव भण्डारी, उदय भण्डारी, असलमान लामा, मनोजकुमार श्रेष्ठ, उर्मिला नेपाली, मिश्री लामा, लोकबहादुर थापा मगर, बुद्धिमान लामा, टुल्कु लामा, रेक बहादुर प्रधान, टेकबहादुर मगर, विष्णु प्रधान रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम तिमल्सिनाको अध्यक्षता सम्पन्न कार्यक्रम प्रधानाध्यापक नवराज पौडेलले सञ्चालन गरेका थिए ।

वि.सं. २०१० सालमा स्थापना भएको खाँडादेवी मावि काभ्रे, रामेछाप, दोलखा र सिन्धुपाल्चोकको संगमस्थलमा अवस्थित छ। खाँडादेवी माविमा चारवटै जिल्लाका विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।

खाँडादेवीमा अध्ययनरत विद्यार्थीहरुले २०४८ सालमा पहिलो पटक एसएलसी परीक्षा दिएका थिए ।
तीन दशक पूरा गरिसक्दा यस विद्यालयबाट दुई हजार भन्दा बढी विद्यार्थी एसएलसी तथा एसईईउत्तीर्ण भइसकेका छन्।

खाँडादेवी मावि बागमती प्रदेश सरकारद्वारा नमूना विद्यालयका रूपमा मान्यता प्राप्त शैक्षिक संस्था हो । यहाँ कक्षा १२ सम्मको लागि बालिबिज्ञान प्राविधिक धारमा समेत पठनपाठन हुँदै आएको छ।

पूर्व विद्यार्थी मञ्च र छात्रवृत्ति अक्षयकोष स्थापनासँगै विद्यालयको शैक्षिक तथा सामाजिक विकासमा थप योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया