


बिहेको एकजना पाहुनाका लागि ७५ लाख खर्च !

काठमाडौं – बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज विवाह बन्धनमा बाँधिने भएका छन्।
समाचार उनीहरुको विवाह अर्को महिना अर्थात् जुन २०२६ मा इटालीको भेनिसमा हुनेछ । यसका लागि तयारी सुरु भइसकेको छ ।
विश्वकै दोस्रो धनी व्यक्तिको विवाहको चर्चा विश्वभर भइरहेको छ । यो शाही विवाहमा करिब २०० जनालाई मात्रै निम्तो दिइने रिपोर्टमा दाबी गरिएको छ ।
समाचार अनुसार प्रत्येक पाहुनाका लागि औसत ७५ लाख रुपैयाँ खर्च गरिने भएको छ, जसको कारण यो खर्चको निकै चर्चा परिचर्चा रहेको छ । र त, केही रिपोर्टहरूले यो संसारको सबैभन्दा महँगो विवाह हुने दाबी गरिरहेका छन्।
यो विवाहको लागि अतिथिहरूको सूची तयार पनि तयार भईसकेको छ। जानकारीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का र ज्वाईं जेरेड कुशनरको नाम यस शाही विवाहमा अतिथिहरूको सूचीमा परेका छन्।
यसबाहेक किम कार्दशियन, क्रिस जेनर, केटी पेरी र ओर्ल्यान्डो ब्लूम, ओप्रा विन्फ्रे, बिल गेट्स र मिरान्डा केरजस्ता ठूला नामहरू पनि समावेश भएका छन् ।

