भारतमा विद्युत् निर्यात सुरु


काठमाडौं- नेपाल विद्युत प्राधिकरणले भारतमा बिद्युत निर्यात सुरू गरेको छ । प्राधिकरणले गत शनिबार देखि भारतमा विद्युत निर्यात सुरु गरेको जनाएको छ ।

प्राधिकरणका अनुसार शनिबारदेखि निरन्तर रुपमा रातीको समयमा भारतमा विद्युत नियमित भइरहेको छ । विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार शनिबारदेखि भारतमा नियमित रुपमा विद्युत निर्यात सुरु भएको हो ।

उनले पछिल्लो चार दिन देखि रातको समयमा भारतलाई विद्युत निर्यात गरिरहेको बताए । उनले भने,‘ गत शनिबार राती देखि पछिल्लो चार दिन मंगलवारसम्म दैनिक १५० देखि २०० मेगासम्म विद्युत भारतमा निर्यात भएको छ । नेपालमा पानी बढ्न थालेसँगै उत्पादनमा भएको वृद्धिले नेपालको माग पूरा गरी भारतलाई विद्युत निर्यात सुरु गरिएको छ ।’

प्रतिक्रिया