

काठमाडाैं आउँदै गरेको बस टिप्परसँग ठोक्कियो, ७ जना घाइते

तनहुँ – रुकुमपश्चिमबाट काठमाडौं आउँदै गरेको बस तनहुँको डुम्रेमा दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिप्पर र रुकुमबाट काठमाडौं आउँदै गरेको प्रदेश १-०१–००१ ख ४१५२ नम्बरको बस ठोक्किएको हो । दुर्घटनामा सात जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गाउँपालिका-७ का ४९ वर्षीय हरिसचन्द्र खत्री, मुसिकोट नगरपालिकाका ३५ वर्षीय चन्द्रबहादुर रावल, सानीभेरी नगरपालिका-४ की १७ वर्षीया बिन्दु वली, ५० वर्षीय भद्रबहादुर वली, रुकुम पश्चिमकै ३५ वर्षीया शर्मिला पाण्डे, बस चालक नुवाकोटका ३० वर्षीय संजोग नेपाली र टिप्पर चालक जिल्ला तनहुँ भानु नगरपालिका-१२ का ४४ वर्षीय शंकर अधिकारी घाइते भएका छन्।
घाइते भएका हरिसचन्द्रको खुट्टा भाँचिएको छ । तनहुँ प्रहरीका अनुसार उनलाई उपचारका लागि चितवन मेडिकल कलेजमा लगिएको छ ।
अन्य सबैको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

