नेपाललाई जितका लागि ११५ रनको लक्ष्य


काठमाडौं — आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत यूएईले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको हो ।

यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन बनाए ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिए ।

यस खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा हुनेछन् । नेपालले यूएईलाई हराएमा एक खेल अगावै ग्लोबल छनोट पुग्ने निश्चित हुनेछ ।

नेपालले अहिले ब्याटिङ गर्दै ६ ओभरमा १ विकेट गुमाउँदा २८ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया