

अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई क्यान्सर

एजेन्सी – अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ ।
८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको हो ।
यो क्यान्सरलाई आक्रामक प्रकारको क्यान्सर मानिन्छ । जसको ग्लिसन स्कोर १० मध्ये ९ छ । क्यान्सर रिसर्च यूकेका अनुसार यसको अर्थ उनको रोग हाई–ग्रेडको श्रेणीमा पर्छ र क्यान्सर कोषहरू छिटो फैलन सक्छन् ।
पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ भएको बताएको छ । यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले आफू दुःखी भएको बताएका छन् ।

