‘आजभोलि झ्यापझ्याप बत्ती जान्छ, के यो सरकारको आयुको संकेत हो ?’


काठमाडाैं- माओवादी केन्द्रकी सांसद दुर्गा राईले बिजुली गइरहेको विषय सरकारको आयुको संकेत हो भन्ने प्रश्न गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद राईले यस्तो बताएकी हुन् ।

‘आजभोलि झ्यापझ्याप बत्ती जान्छ, किन सरकार ? के यो सरकारको आयुको संकेत हो ?,’  उनले प्रश्न गरिन् ।

त्यस्तै, माओवादीकै सांसद सूर्यमान तामाङ दोङले पनि नेपाली जनता अँध्यारोमा बस्नुपर्ने हो भनी प्रश्न गरेका थिए ।

प्रतिक्रिया