विपिनको रिहाइका लागि कतारका विशेष दूतसँग परराष्ट्रमन्त्री राणाको आग्रह


काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर इस्माईल अल दफासँग भेटवार्ता गरेकी छिन् । सो भेटमा मन्त्री राणाले विपीन जोशीको रिहाईको लागि पहल गरिदिन आग्रह गरेकी छिन् ।

नेपाल सरकारको आयोजनामा हिजोबाट सुरु भएको सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौं आएका कतारको विदेश मन्त्रालयका विशेष दूत दफासँग हिजो नै मन्त्री राणाले साइडलाईन भेटवार्ता गरेकी हुन् । विपीन जोशी हमासको अपरहणमा परेका छन् ।

उनको रिहाईको लागि मन्त्री राणाले सुरुदेखि नै पहल गरिरहेकी छिन् । त्यसको लागि उनले विभिन्न देशका विदेशमन्त्रीहरुलाई गुहारेकी छिन् । भेटमा मन्त्री राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासको प्रशंसा गर्दै धन्यवादसमेत ज्ञापन गरेकी हुन् ।

प्रतिक्रिया