क्यान्सरलाई जितेपछि फेरियो सञ्जयको लुक्स


मुम्बई(एजेन्सी)– क्यान्सरलाई पराजित गरेसँगै बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो लुक्सलाई पनि परिवर्तन गरेका छन् । हालैमात्र उनी फोक्सोको क्यान्सर जस्तो गम्भीर बिरामीबाट निको भएका हुन् । उनले आफ्नो सन्तानको जन्मदिनको अवसर पारेर क्यान्सरलाई पराजित गरेको कुरा सामाजिक सन्जालमार्फत फ्यानलाई जानकारी दिएका थिए ।

सञ्जयले आफ्नो कपालको स्टाइलमा निकै परिवर्तन गरेका छन् । उनले आफ्नो कपालमा प्लेटिनम ब्लोण्ड रंगको प्रयोग गरेका छन् । कपालको रंगमा परिवर्तन ल्याएपछि उनी निकै कूल देखिएका छन् । उनले यो लुक्सका साथ कैयौं फोटो सामाजिक सन्जालमा राखेका छन् ।

सञ्जयको यो नयाँ लुक्सलाई दर्शकले किकै रुचाएका छन् । फ्यानले उनको फोटोमा कमेन्ट गर्दै तारिफ गरेका छन् । सञ्जय चाँडै नै आफ्नो दुई फिल्म ‘पृथ्वीराज’ र ‘केजीएफ २’ को सुटिङ शुरु गर्दैछन् । यी दुवै फिल्ममा सञ्जय एक्सन अवतारमा देखिँदैछन् ।

उनको स्वास्थ्यलाई मध्यनजर गर्दै फिल्मको एक्सन दृश्यमा केही बदलाव गरिएको छ । सञ्जय आफ्नो दुई फिल्मको सुटिङ शूरु गर्नका लागि निकै उत्साहित छन् । जसका लागि उनले तयारी पनि शुरु गरेका छन् ।

प्रतिक्रिया