

लगातार चौथो दिन घट्यो सेयर बजार

काठमाडौं – लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बुधबार बजारको परिसूचक नेप्से १३.९६ अंक घटेको हो । योसँगै नेप्से २६२० अंकमा कायम भएको छ ।
नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रह्यो ।
दुई पुनर्बीमा कम्पनीको मूल्य उच्च दरमा बढ्दा अन्य समूह सबैभन्दा धेरै २.४६ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक समूह १.१९ प्रतिशत बढ्यो भने अरु सबै समूह घटेका छन् ।
बैंकिङ ०.४९, फाइनान्स ०.२१, होटल तथा पर्यटन १.५४, हाइड्रोपावर १.९६, लगानी १.०८, जीवन बीमा ०.८६, उत्पादन ०.९२, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा १.३९ तथा व्यापार ०.६९ प्रतिशत घटे ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स पावरको ७.८८, उपकार लघुवित्तको ६.३१, नेपाल पुनर्बीमाको ५.६६ तथा लुम्बिनी विकास बैंकको ४.१५ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको १०, नेपाल माइक्रो इन्स्योरेन्सको ९.७१, बाराही हाइड्रोपावरको ९.२६, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ७.५५ तथा बुटवल पावरको ६.१२ प्रतिशत मूल्य घट्यो ।
राधि विद्युत्, युनिभर्सल पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ङादी ग्रुप तथा लुम्बिनी विकास बैंक धेरै कारोबार भएका कम्पनी हुन् ।

