

रचना रिमाल चढेको विमान जर्मनीमा इमरजेन्सी ल्यान्डिङ

काठमाडाैं- क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ । यसको जानकारी रचना आफैँले आफ्नो आधिकारिक फेसबुकमार्फत दिएकी छन् ।
उनी क्यानडामा साङ्गीतिक कार्यक्रम सकेर मङ्गलबार (आज) भारत हुँदै नेपाल फर्कने क्रममा थिइन् । तर, क्यानडाबाट उडेकी उनी जर्मनी पुगेकी हुन् ।
‘क्यानडाबाट भारत ल्यान्ड हुनुपर्ने जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्यान्ड भएको छ,’ रचनाले फेसबुकमा लेखेकी छन् ।

