सरकारबाट के चाहान्छ जेनजी ? सांसद निशाले सुनाइन् ४ माग


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले जेनजी पुस्ताको तर्फबाट सरकारसमक्ष चारवटा प्रमुख माग संसदमा सार्वजनिक गरेकी छन्।

प्रतिनिधिसभामा बोल्दै उनले पुरानो नेतृत्वबाट अब आशा नरहेको भन्दै नयाँ सोच र योजना भएका नेताको आवश्यकता रहेको बताइन्।

उनका अनुसार जेनजी पुस्ताका चार माग यस्ता छन्:

-स्थिर सरकार र सुनिश्चित भविष्य

-पुराना नेताको स्थानमा नयाँ सोचको नेतृत्व

-गुणस्तरीय शिक्षा र सीप आधारित रोजगारी

-सुशासन र पारदर्शिता

डाँगीले यो पुस्ताको आवाजलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने आग्रह गरिन्।

प्रतिक्रिया