माधव नेपाल अस्पताल भर्ना, गरियो एन्जिओप्लास्टी सर्जरी


फाइल तस्बिर ।

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अचानक बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ ।

पूर्वप्रधानमन्त्री नेपालको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार नेपालको एन्जिओप्लास्टी सर्जरी गरिएको जनाइएको छ ।

एन्जिओप्लास्टी सर्जरी नसाबाट तार पठाएर मुटुको ब्लकेड खोलिन्छ ।

 

प्रतिक्रिया