

‘अपरेसन सिन्दूर’ जारी: भारतले पाकिस्तानमा थप १२ आतंकी ठिकाना पहिचान गर्यो

काठमाडौं – भारतले पाकिस्तानमा थप १२ आतंकी ठिकाना लक्षित गरी आक्रमणको तयारी थालेको छ। ‘अपरेसन सिन्दूर’ अन्तर्गत भारतले पाकिस्तान तथा पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) का ९ स्थानमा गरिसकेको हवाइ आक्रमणपछिको यो अर्को चरणको तयारी हो।
जम्मु कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएपछि भारतले बुधबार जवाफी कारबाहीस्वरूप आतंकी शिविरहरूमा आक्रमण गरेको थियो।
भारतीय टेलिभिजन च्यानल ‘आज तक’ का अनुसार, भारतले पाकिस्तानमा सञ्चालन भइरहेका आतंकवादी शिविरहरूलाई लक्षित गर्दै थप १२ स्थानहरू पहिचान गरिसकेको छ।
पाकिस्तानको अधिनस्थ कश्मीरसहित अन्य भूभागहरूमा समेत आक्रमण गर्नका लागि भारतीय सुरक्षायन्त्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ।
यस कारबाहीका लागि भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) ले सम्भावित लक्ष्य पहिचान गरेको उल्लेख गरिएको छ।

