शुक्रबार संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पाैडेल


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

यही वैशाख १९ गते दुवै सदनको बैठकलाई सम्बोधन गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपति पौडेलले दिउँसो तीन बजे सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने बताए ।

बैठकले मन्त्री, सचिवहरुको विदेश भ्रमण स्वीकृत गरेका उनले बताए । बैठकमा शिक्षक आन्दोलनको विषयमा समान्य छलफल भएको उनको भनाइ छ । उनले शिक्षकहरुको मागको विषयमा निरन्तर छलफल भइरहेको भन्दै आगामी बुधबारसम्म समस्या समाधान हुने बताए ।

प्रतिक्रिया