

पूर्वप्रधानमन्त्री डा. भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता

काठमाडौं — पूर्व प्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबिच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका अध्यक्ष भट्टराई र रक्षामन्त्री सिंहबीच सोमबार नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भेटमा नेताद्वयबिच नेपाल–भारत सम्बन्ध सुदृढ गर्दै विकास र आर्थिक सहकार्यलाई नयाँ उचाइमा लैजाने विषयमा सकारात्मक संवाद भएको अध्यक्ष भट्टराईको निजी सचिवालयले जनाएको छ ।
भेटमा डा. भट्टराईले हालै पेहलगाम, कश्मीरमा सर्वसाधारणमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गर्दै गहिरो दुःख व्यक्त गरेका छन् । भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशन उद्घाटनको निम्ति भारत भ्रमणमा रहेका छन् ।

