ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त


काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले दुई फरक निर्णय गर्दै सरकारमा फेरबदल गरेका छन् । एकातर्फ ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरिएको छ भने अर्कोतर्फ रिक्त रहेको शिक्षामन्त्री पदमा एमाले नेता रघुजी पन्तको नियुक्ति तय भएको छ ।

राज्यमन्त्री तामाङलाई बुधबार बर्खास्त गरिएको हो । प्रधानमन्त्री ओलीले सरकारविरुद्ध गतिविधि गरेको निष्कर्षसहित उनलाई पदमुक्त गरेका हुन् । गृहमन्त्री रमेश लेखकले फोनमार्फत आफू बर्खास्त भएको जानकारी गराएको तामाङले बताए ।

नेपाली कांग्रेसका नेता तामाङलाई गत २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनाइएको थियो । उनी कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् र २०७८ मा रामेछाप सभापति तथा २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

 

प्रतिक्रिया