आज एलओडीमा सहभागी हुँदै रोबर्टो कार्लोस


काठमाडौं — चर्चित ब्राजिलियन फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस आज (मंगलबार) ठमेलस्थित एलओडी क्लबमा आउने भएका छन् ।

मंगलबार बिहान काठमाडौं आइपुगेका कार्लोस आज साँझ एलओडी आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।

उनी दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आएको र त्यसपछि क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए ।

उनले भने,‘शुक्रबार आउने पूर्व जानकारी थियो तर उहाँको स्वास्थ्य अनुकुल रहेकोले ३ दिन ढिला गरि मंगलवार आउन लागेको हो । उनको नेपाल भ्रमण ले सम्पूर्ण फुटबल प्रेमी दर्शकहरुमा उल्लास छाउने छ ।’

प्रतिक्रिया