मोरङको सुन्दरहरैंचामा पोलबाट ट्रान्सफर्मर नै चोरी भएपछि…


मोरङ- मोरङको सुन्दरहरैंचा नगरपालिका–२ जोगियारेमा बिजुलीको एउटा ट्रान्सफर्मर नै चोरिएको छ ।

बुधबार राति तीन घण्टा बढी बिजुली गएको मौका पारेर चोरको समूहले सिंगो ट्रान्सफर्मर नै चोरेर लगेको वडाध्यक्ष विवश प्रधानले बताए ।

उनका अनुसार रातको समयमा अज्ञात समूहले ट्रान्सफर्मर खोलेर त्यसमा रहेको तामाको क्वाइलसहितका सामान चोरेर लगेका छन् । उनले ट्रान्सफर्मर चोरिएपछि प्रहरीलाई खबर गरिएको बताए ।

चोरीका कारण त्यस क्षेत्रका केही टोलमा विद्युत् आपूर्ति बन्द भएको छ । ट्रान्सफर्मर नै चोरी भएपछि स्थानीयवासी त्रसित छन् ।

 

प्रतिक्रिया