घुस दिने व्यक्तिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियार


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिने व्यक्तिलाई पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय इलामका तत्कालीन प्रमुख सुवास बस्नेतलाई ३७ लाख ५० हजार रुपैयाँ घुस दिएको आरोपमा झापाको विर्तामोड नगरपालिका- ६ बुट्टाबारीका उमानाथ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनले झापाको गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण तथा थप कामको लागि कार्यालय प्रमुख बस्नेतलाई घुस दिएका अख्तियारले जनाएको छ । खतिवडाविरुद्ध ३७ लाख ५० हजार विगो माग गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घुस लेनदेन मुद्दामा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय इलामका तत्कालीन प्रमुख सुवास बस्नेतविरुद्धको मुद्दा पनि विशेष अदालतमा विचाराधीन रहेको छ ।

प्रतिक्रिया