बेहुलाको जुत्ता लुकाएर ५० हजार मागेपछि बेहुली छाडेर फर्कियो जन्ती


काठमाडाैं-  भारतकाे उत्तर प्रदेशस्थित बिजनौर जिल्लामा जुत्ता लुकाउने चलनले एक विवाह समारोहमा यस्तो उथलपुथल मच्चियो कि दुलाहा पक्ष रिसाएर जन्ती लिएर फर्किएकाे खबर छ ।

बिजनौर अन्तर्गत नजीबाबाद क्षेत्रको एक गाउँमा शनिबार सम्पन्न हुन लागेको विवाहमा जुत्ता जुत्ता लुकाउने चलनका क्रममा दुलही पक्षले दुलाहासँग ५० हजार रुपैयाँ माग गरेको बताइएको छ । उक्त मागलाई लिएर दुवै पक्षबीच विवाद सुरु भयो ।

दुलाहा पक्षले आरोप लगाएअनुसार दुलही पक्षले उनीहरूमाथि कुटपिट गरे । सोही क्रममा विवाद यति बढ्यो कि मामला प्रहरीसम्म पुग्न पुग्यो । उता, दुलही पक्षले दुलाहा र उनका परिवारले दाइजाे स्वरूप स्विफ्ट गाडीको माग गरेको दाबी गरे ।

प्रहरीको उपस्थितिमा दुवै पक्षबीच वार्ता भएको थियो, तर सहमति हुन नसकेपछि जन्ती बिना दुलही फर्किएको हो । विवाहमा आएका जन्तीहरू निराश भएर फर्किए भने समाजमा पनि उक्त घटनाको व्यापक चर्चा भइरहेको छ ।

नजीबाबाद थाना प्रमुख जय भगवान सिंहले बताएअनुसार दुबै पक्ष आपसी सहमतिमा छुट्टिएका छन् र हालसम्म कसैबाट कुनै लिखित उजुरी प्राप्त भएको छैन ।

स्रोतका अनुसार, देहरादून निवासी साबिर नामका युवकको विवाह खुर्शीदकी छोरीसँग तय भएको थियो । साबिर पेशाले सैलून सञ्चालक हुन् । तर, अब यो विवाह विवादकै कारण विफल भएको छ ।

प्रतिक्रिया