काठमाडौं महानगरपालिकाका कर्मचारीले पाए तीन महिनाको तलब


काठमाडौं — काठमाडौं महानगरपालिकाका पाँच हजारभन्दा बढी कर्मचारी र जनप्रतिनिधिले तीन महिनाको तलब पाएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार आज ती सबैको बैंक खातामा तलब जम्मा गरिएको हो ।

कुचीकारदेखि मेयरसम्मका कर्मचारी तथा जनप्रतिनिधिको तलब लामो समयदेखि रोकिएको थियो । प्रमुख प्रशासकीय अधिकृतको अभावले तलब वितरण प्रक्रियामा ढिलाइ भएको हो ।

चैत २१ गते सरोज गुरागाईं प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यालयमा हाजिर भएपछि तलब वितरणको प्रक्रिया अघि बढेको थियो।

प्रतिक्रिया