नेपाल अफगानिस्तानसँग एक रनले पराजित


काठमाडौं- अफगानिस्तान यू-१९ टिमले नेपाललाई दोस्रो खेलमा पनि पराजित गरेको छ । अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछाएको नेपालले ४९.३ ओभरमा अल आउट हुदै १६७ रन बनाएपछि नेपाल एक रनले पराजित भएको हो ।

४९औं ओभरको तेस्रो बलमा शुरुमा एम्पायरले नो बल दिए पनि अफगानिस्तानले रनआउटको अपिल गरेपछि एम्पायरले आफ्नो निर्णय परिवर्तन गर्दै नेपालका अन्तिम ब्याट्सम्यानलाई आउट दिएपछि नेपाल एक रनले पराजित भएको थियो ।

नेपालका लाफी शाहील पटेलले सर्बाधिक ६४ रन बनाए भने अभिषेक तिवारीले २४ र दर्श सुनारले २१ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ५० ओभरमा अल आउट हुदै १६८ रन बनाएको थियो । अफगानिस्तानका लागि कप्तान महाबूब खानले सर्बाधिक ५८ रन बनाए भने रूउल्लाह अरबले २७ रन बनाएका थिए । त्यस्तै उर्जैरुल्लाह निआजाईले १९ तथा नाजुफुल्लाह अमिरीले १६ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सन्तोष यादवले ३ विकेट लिए भने सिब्रिन श्रेष्ठ र विपिन शर्माले २-२ विकेट लिएका थिए । त्यसैगरी अभिषेक तिवारी र अपराजित पौडेलले एक एक विकेट लिएका थिए ।

योसँगै तीन खेलको सिरिजमा अफगानिस्तान २-० ले अगाडी हुदै एक खेल अघि नै सिरिज जितेको छ । अब सिरिजको अन्तिम खेल अप्रिल ९ मा हुने छ ।

प्रतिक्रिया