
स्नातक पास हुनुहुन्छ ? भन्सार विभागले माग्यो ६६० एजेन्ट (विज्ञापनसहित)
काठमाडौं — भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको विभागले६ सय ६० जना भन्सार एजेन्ट आवश्यक परेको भन्दै विज्ञापन प्रकाशित गरेको हो ।
२१ वर्ष पूरा भई स्नातक उत्तीर्ण नेपाली नागरिकले दरखास्त दिनसक्ने जनाइएको छ । इच्छुक उम्मेदवार स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ। कम्प्युटर सम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ।
परीक्षा केन्द्र काठमाडौंमा मात्र हुनेछ। दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ। २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ।
विज्ञापनः




कागजपत्र |
