रवि लामिछानेलाई पोखरा लगियो


काठमाडौं — सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लामिछानेलाई पोखरा लगिएको हो ।

उनलाई  यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ।

लामिछानेलाई पोखराबाट बयानका लागि बयानका लागि रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालय ल्याइएको थियो । मंगलबार रुपन्देही ल्याइएका लामिछानेलाई ३ दिनको बयान बिहीबार सकिएपछि आज (शुक्रबार) पुनः पोखरा लगिएको हो ।

 

प्रतिक्रिया