मितेरी सहकारीको रकम हिनामिना मुछिएका गुरुङ र भण्डारीविरुद्ध रेड कर्नर नोटिस जारी


काठमाडौं-  ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा जोडिएका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले इन्टरपोलमार्फत नोटिस जारी गरेको हो ।

मितेरी सहकारीको तीन करोड ४४ लाख भण्डारी र ६ करोडभन्दा बढी गुरुङले अपचलन गरेको खुलेपछि उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान थालेको थियो । तर, नेपालमा नरहेको खुलेपछि प्रहरी प्रधान कार्यालयले उनीहरूविरुद्ध रेड नोटिस जारी गर्न पत्राचार गरेको थियो । सोही आधारमा प्रहरीको अन्तर्राष्ट्रिय अपराध संठगन इन्टरपोलले रेड नोटिस जारी गरेको हो ।

गुरुङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् । सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा लिएको ऋण तिरहेका तथ्य बाहिर आएको छ ।

प्रतिक्रिया