प्रतिपक्षी दलहरूको बैठकमा लामिछाने पक्राउ पर्ने चर्चा


काठमाडाैं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा शुक्रबार प्रतिपक्षी दलहरूको बैठक बसेकाे छ ।   प्रचण्डले नयाँ बानेश्वरमा राखेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, बाढीपहिरोपछिका अवस्था, सरकारका कामकारबाहीलगायत विषयका साथै रास्वपा सभापति रवि लामिछानेबारे पनि कुराकानी भएकाे छ ।

बैठकमा  प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन् । ‘अहिले रविजीको पक्राउ पर्दै हुनुहुन्छ रे भनेर चर्चा भइरहेको छ। मिडियामा पनि बाहिर पनि कुरा सुनिन्छ,’ अध्यक्ष प्रचण्डको भनाइ उधृत गर्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भने, ‘राज्यले उहाँलाई पक्रिन सक्छ।’

बैठकमा सहभागी एक नेताका अनुसार सरकारले रविलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय पनि गरिएको छ ।

प्रचण्डको बोलाएको बैठकमा माओवादीसँगै रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा नेपाल र आजपाका नेताहरूको सहभागिता रहेको थियो । सरकारमा रहेकाे लोसपाका अध्यक्ष महन्थ ठाकुर आजको विपक्षीको बैठकमा सहभागी भएका थिए ।

प्रतिक्रिया