बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो


काठमाडौँ- महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्व मन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएपछि बलिवुडका सुपरस्टार सलमान खानको सुरक्षा बढाइएको छ ।

मिडिया रिपोर्टका घटनामा ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहको संलग्नता रहेको आशंका गरिएको छ । लरेन्स ग्याङको नाम सार्वजनिक भएपछि अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको छ । प्रहरीको थप टोली परिचालन गरिएको छ । अप्रिल १४ मा सलमानको घर बाहिर लरेन्स गिरोहले गोली चलाएको थियो । यस गिरोहले सलमानलाई पटक पटक धम्की दिदै आएको छ ।

बाबा सिद्दिकीको हत्या हुँदा सलमान फिल्मसिटीमा बिग बोस १८ को सुटिङ गरिरहेका थिए । खबर पाएलगत्तै उनी सुटिङ रोकेर अस्पताल पुगेका थिए । त्यसपछि उनी बाबा सिद्धिकीको घरमा समेत पुगेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया