ओखलढुङ्गा जाँदै गरेको बस दोलखामा दुर्घटना, १५ यात्रु घाइते


काठमाडौं – काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको यात्रु बाहक बस दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भइएका छन् ।

काठमाडौंबाट ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु–जरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर–८ बोचमा दुर्घटना भएको हो ।

प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ । घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रतिक्रिया