भारतीय गायक जुबिन नौटियाल काठमाडौं आउँदै, च्यारिटी कन्सर्टमा प्रस्तुति दिने


काठमाडौं- चर्चित भारतीय गायक जुबिन नौटियालले नेपालमा एक च्यारिटी कन्सर्ट गर्ने भएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन अटिजम केयर फाउन्डेसले १४ डिसेम्बर २०२४ अर्थात् मंसिर २९ मा च्यारिटी कन्सर्ट गर्न लागेको जानकारी दिएको हो । भारतीय संगीत उद्योगमा नौटियाल आफ्नो मधुर आवाज र धेरै हिट गीतहरूका लागि चिनिन्छन् ।

यस कार्यक्रमबाट प्राप्त सबै आम्दानी एन.अटिजम केयर फाउन्डेसनको सहयोगको लागि जानेछ । यो संस्था जुबिन नौटियालसँगको साझेदारीमा नेपालमा सञ्चालित छ ।

फाउडेशनकी अध्यक्ष रमिला श्रेष्ठले २१ असोजबाट टिकट बुकिङ सुरु भइसकेको जानकारी दिइन् ।

हायातमा २५ हजार दर्शन क्षमता रहेको र त्योभन्दा बढी टिकटको माग भइसकेको आयोजकले जानकारी दिएको छ । खल्ती एप्सबाट टिकट बुकिङ खुल्ला गरेसँगै हजारभन्दा बढी टिकट एकै दिनमा बुकिङ भएको जानकारी दिइएको छ ।

एन.अटिजम केयर फाउन्डेसनले आफ्नो स्थापनाको घोषणा पनि गरेको छ । पहिचान, हेरचाह, र व्यक्तिहरूको शिक्षामा समर्पित गैर–नाफा संस्था नेपाली समाजका प्रतिष्ठित व्यक्तित्वहरुद्वारा स्थापित, फाउन्डेसनले अटिजम भएका बालबालिका र उनीहरूको परिवारलाई व्यापक सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ । एन. अटिजम केयर फाउन्डेसनको मिशन भनेको व्यक्तिहरूको समावेशी समाज सिर्जना गर्नु हो ।

प्रतिक्रिया